मंगलबार, कार्तिक १८ गते २०८३
images
images

बजेट निर्माणमा सांसदको भरोसा गर्न अर्थमन्त्रीलाई सांसद ज्वालाको आग्रह

एक्सप्रेस पाना
चैत्र ७, २०८० बुधबार
  • 246
    SHARES
  • बजेट निर्माणमा सांसदको भरोसा गर्न अर्थमन्त्रीलाई सांसद ज्वालाको आग्रह

    काठमाडौंं । सांसद प्रकाश ज्वालाले आगामी आर्थिक वर्षको बजेट निर्माणमा सांसदको भरोसा गर्न अर्थमन्त्री वर्षमान पुनलाई आग्रह गरेका छन् ।

    images

    बुधवार प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसद ज्वालाले विज्ञ, सल्लाहकार, अनुभवी व्यक्ति भनेपनि जनतासँग जोडिएको व्यक्ति सांसदहरू भएकाले उनीहरूलाई भरोसा गरेर सरकारले बजेट ल्याउनुपर्ने बताएका हुन् ।

    उनले भने "सबै भन्दा नजिकका विज्ञ भनेपनि, सल्लाहकार भनेपनि, अनुभवी व्यक्ति भनेपनि जनतासँग जोडिएको व्यक्ति भनेका सांसदहरू हुन । सांसदहरूलाई विश्वास गरेर यो बजेट निर्माण प्रक्रिया अलि बढी ध्यान दिनुहुनेछ । र योजना निर्माणमा पनि सांसदहरूलाई सुझावलाई सम्बोधन गर्नुहुनेछ भन्ने म सुझाव दिन चाहन्छु ।"

    images