काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्तालाई नम्र बनेर विनम्रता देखाउनु पर्ने बताएका छन् ।
बुधबार एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष अोलीले यस्तो निर्देशन बताएका हुन्।
उनले भने, "विनम्रता प्रदर्शन गर्नुस्। उग्र बन्ने काम छैन। हरेक दिन तपाईसँग नोट हुनुपर्छ। आज मैले के काम गरेँ भनेर जान्नुपर्छ’ ‘ मैले हाम्रो कार्यकर्तामा उग्रता बढ्दै गएको देखेको छु अब त्यसरी हुँदैन। सबैले कार्यशैली बदल्नुपर्छ।"
सत्ता घटकको सबैभन्दा ठूलो एमाले आगामी निर्वाचनमा एकल बहुमत ल्याउनेगरी अघि बढ्नुपर्ने ओलीको भनाई छ ।
अध्यक्ष अोलीले नेपाली कांग्रेस सत्ताबाहिर पुगेकामा कांग्रेसलाई भन्दा धेरै चिन्ता नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहलाई भएको टिप्पणी गरेका छन्।
उनले भने, "एकजना आफूलाई कम्युनिस्ट भन्ने पुराना नेता छन्। मोहनविक्रम सिंह नाम हो उहाँको। अहिले उहाँ कांग्रेस सरकारबाट बाहिर रह्यो भनेर छाती पिटीपिटी रोएर उधुम छ’, सिंह अहिले पनि कांग्रेस आएको भए श्रीमतीलाई राष्ट्रिय सभामा मनोनीत गर्थ्यौँ भनेर सम्झिँदै ग्वाँग्वाँ रोइहिरहेका छन्। त्यसरी पनि पतन हुँदो रहेछ मान्छे। निराश र हतोत्साही भएपछि मान्छे कहाँबाट के टिप्न पाइन्छ त्यतिभएपनि टिप्न पुग्छ।"
.jpg)


