मंगलबार, कार्तिक १८ गते २०८३
images
images

मुलुकको समृद्धिको यात्रालाई गति दिन सरकार तयार छ :अर्थमन्त्री पुन

एक्सप्रेस पाना
चैत्र ७, २०८० बुधबार
  • 227
    SHARES
  • मुलुकको समृद्धिको यात्रालाई गति दिन सरकार तयार छ :अर्थमन्त्री पुन

    काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले जनताको तीव्र विकासको चाहना पुरा गर्दै समृद्धिको यात्रालाई गति दिन सरकारले ध्यान दिने  बताएका छन् । 

    images

    बुधबार राष्ट्रिय सभा बैठकमा  विनियोजन विधेयक २०८१ को सिद्धान्त र प्राथमिकता माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पुनले नयाँ सत्तासमिकरणमा संलग्न राजनीतिक दलका तर्फबाट न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प तयार भएको भन्दै जनताको तीव्र विकासको चाहना पुरा गर्दै समृद्धिको यात्रालाई गति दिन सरकारले पुरा ध्यान दिने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

    मन्त्रि पुनले उत्पादनदेखि उपभोगसम्म र लगानीदेखि व्यापारसम्म देखिएको शिथिलता हटाउन नीतिगत सुधार गर्दै आर्थिक क्रियाकलापलाई तीव्रता दिन र निजी क्षेत्रलाई विश्वासमा लिई अगाडि बढ्ने बताए । 

    images

    पुँजीगत खर्चको न्यूनताको समस्या समाधान गर्न नीति, कानून र प्रक्रिया सुधार अघि बढाइने उनले बताए । मन्त्री पुनले आवश्यकता, सम्भावना र सोचलाई सम्बोधन गर्नेगरी सन्तुलन मिलाएर आगामी वर्षको बजेटको सिद्धान्त र प्राथमिकता कायम गरिने जानकारी दिए।

    मन्त्री पुनले सुशासन, सामाजिक न्याय र समृद्धिको सोच सहित कार्यान्वयनमा आउने योजनाका कार्यक्रमहरूको कार्यान्वयनबाट आगामी आर्थिक वर्ष संविधानमा उल्लेख भए बमोजिमको समाजवाद उन्मुख अर्थतन्त्र र सामाजिक प्रणालीको विकासको लागि केही ठोस आधार तयार हुने बताए ।

    सहकारी र लघु वित्तमा रहेका समस्या तथा र मिटरब्याज पीडितहरूको साथमा सरकार रहेको भन्दै उनले यसका लागि सरकारले काम अगाडि बढाइ सकिएको जानकारी दिए ।

    उनले कृषिलाई आर्थिक वृद्धि, रोजगारी सिर्जना, गरिबी निवारण, औद्योगिकीकरण, निर्यात व्यापार र आपूर्ति व्यवस्था अभिवृद्धिको प्रमुख क्षेत्रका रूपमा विकास गरिने बताएका छन् ।