मंगलबार, कार्तिक १८ गते २०८३
images
images

मेरो चरित्रको सर्टिफिकेट स्टन्ट गर्नेहरुलाई बुझाउनुपर्दैन :विनोद चौधरी

एक्सप्रेस पाना
चैत्र ८, २०८० बिहीबार
  • 246
    SHARES
  • मेरो चरित्रको सर्टिफिकेट स्टन्ट गर्नेहरुलाई बुझाउनुपर्दैन :विनोद चौधरी

    काठमाडौं । उद्योगपति समेत रहेका नेपाली कांग्रेसका सांसद विनोद चौधरीले आफूमाथि गरिएको अनुसन्धानलाई ‘राजनीतिक स्टन्ट’ भइरहेको बताएका छन् । 

    images

    बिहीबार बाँसवारी जग्गा प्रकरणमा सरकारी वकिल कार्यालयमा बयान दिएर निस्किएका उनले स्टन्ट गर्नेहरुलाई आफ्नो चरित्रको सर्टिफिकेट देखाउन नपर्ने बताएका हुन् । 

    सांसद चौधरीले भने, "म जत्तिको मान्छेले यहाँ उभिएर यो कुरा भनिरहँदा नेपालका उद्यमी र करदाताले कुन सन्देश लिएर जाने हुन् भन्ने हेक्का राज्यले राख्नुपर्ने हो,’  ‘मेरो चरित्रको सर्टिफिकेट स्टन्ट गर्नेहरुलाई बुझाउनुपर्दैन । यस्ता गतिविधिबाट उद्यमी, लगानीकर्तालाई हतोत्साहित गर्छ । राजनीतिका आफ्ना तरिका छन् "।

    images

    उनले बाँसबारी प्रकरणमा उद्यमीलाई राजनीतिकरण गर्ने र लगानीकर्तालाई राजनीतिकरण गर्ने उद्देश्य राखिएको बताए ।

    उनले भने "म फेरि पनि यस्ता गतिविधिबाट निजी क्षेत्र, उद्यमी, लगानीकर्तालाई विसुद्ध राखिनुपर्छ भन्न चाहन्छु । राजनीतिका आफ्ना फोरम छन् । म पनि नवलपरासीबाट प्रत्यक्ष निर्वाचित संसद हुँ । तर दुई चिजलाई जोड्ने काम मैले गरेको छैन र भोलि पनि गर्ने छैन," ।