काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।
लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो। आज छापावाला सुन प्रतितोला एक लाख २७ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजाबी सुन प्रतितोला एक लाख २७ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार चाँदीको मूल्य ३५ रूपैयाँले बढेर प्रतितोला एक हजार पाँच सय ५५ रूपैयाँ मा कारोबार भइरहेको महासंजनाएको छ ।
.jpg)


