काठमाडौं । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले पूर्व सूचनालाई व्यवस्थित रुपमा विकास गर्न आवश्यक रहेको बताएका छन् ।
बिहीवार एक कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले यस्तो बताएका हुन् । उनले अब नेपालले पूर्वसूचनाको उत्पादन कसरी गर्ने ? भन्नेबारेमा विशेष जोड दिनुपर्ने बताएका हुन् ।
उनले भने ‘अब हामीले पूर्वसूचनाको उत्पादन कसरी गर्ने रु अथवा पूर्व सूचनालाई हामीलै कुन रुपमा व्यवस्थित, विकास गर्ने भन्ने प्रश्न छ’। ‘अब पूर्वसूचना प्रणालीको क्षेत्रमा केही नयाँ आयामहरु थपिँदै जाने अपेक्षा छ ।’ ‘हाम्रा अनुभवहरुलाई र विज्ञतालाई ठिक ढंगले प्रशारण गर्नुपर्छ, सूचनामा सबैको पहुँच पु¥याउने विधिहरुको बारेमा पनि तपाईहरुका अनुभव, नलेजको शेयरिङ राम्रोसँग हुनेछ ।’
उनले सूचना सबैको पहुँच पु¥याउने विधिहरुको बारेमा सोच्न जरुरी रहेको बताए ।
.jpg)


