काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामकुमार शर्माले माओवादी केन्द्र परित्याग गरेका छन् ।
शर्माले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बिहिबार राजीनामा बुझाएका हुन् ।
उनले आफ्नो जिम्मेवारी र पार्टी नेताका गतिविधिबारे अध्यक्ष प्रचण्डसँग पटक–पटक रिपोर्टिङ गर्दा पनि सुनुवाइ नभएको बताएका छन ।
आफू पार्टी केन्द्रीय सदस्यमा १५ वर्षदेखि काम गरिरहेको, तर पार्टीले कुनै जिम्मेवारी नदिएको बताए ।
.jpg)


