मंगलबार, कार्तिक १८ गते २०८३
images
images

दलित समुदायलाई पनि संघीय सरकारको मन्त्री बनाउछौं : केपी शर्मा ओली

एक्सप्रेस पाना
चैत्र ८, २०८० बिहीबार
  • 282
    SHARES
  • दलित समुदायलाई पनि संघीय सरकारको मन्त्री बनाउछौं : केपी शर्मा ओली

    काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दलित समुदायलाई पनि संघीय सरकारको मन्त्री बनाउने बताएका छन् ।

    images

    बिहीवार नेपाल उत्पीडित जातीय मुक्ति समाजले ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सबै जाति, समुदाय एकैचोटी मन्त्री हुन सम्भव नभएको बताए ।  

    "कहिले कहिले मन्त्री किन भएन भन्ने हुन्छ । यस पटक पनि मन्त्री हुन्छ’उनले भने ‘एउटा ठाउँ छ त्यहानिर । यस पटक पनि मन्त्री हुन्छ । म तपाईहरु भनिराख्छु । पहिलेपहिले पनि मन्त्री हुन्थे ।’ ‘सबै जाति, समूदायबाट, सबै सधैँ नपर्न पनि सक्छन् । किनभने हामी १२५ जातजातिहरु छौ । सबैका आ आफ्नो फिलिङ छन्’ ‘त्यसकारण त्यो समयमा एकैचोटी सम्बोधन गर्न सकिदैन । यसअघि पनि विभिन्न साथीहरु नेतृत्व गरिसक्नु भएको छ ।"

    images

    अध्यक्ष ओलीले सामाजिक न्यायको पक्षमा आफ्नो पार्टीले सदैव संघर्ष गर्दै आएको दावी पनि गरे ।