आइतबार, कार्तिक १६ गते २०८३
images
images

उपचार गर्न वर्षमान पुन भोलि बैंकक जाने

एक्सप्रेस पाना
आश्विन १२, २०७८ मंगलबार
  • 263
    SHARES
  • उपचार गर्न वर्षमान पुन भोलि बैंकक जाने

    असोज १२ काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता पूर्वमन्त्री वर्षमान पुन उपचारका लागि थाइल्याण्ड जाने भएका छन् । बुधबार बिहान ८ बजे उपचारका लागि उनी बैंकक जान लागेका छन् । 

    images

    लामो समयदेखि जण्डिसजन्य रोगबाट पीडित भएका उनी चार वर्षअघि बैंकककै समितिभेज अस्पतालमा उपचार गरेका थिए । तर, अहिले फेरि स्वास्थ्यमा समस्या देखिएपछि पुन उपचारका लागि बैंकक जान लागेका उनीनिकट पत्रकार दयानिधि भट्टले जानकारी दिए । 

    स्वास्थ्यमा समस्या देखिएपछि आइतबार उनको सुमेरु अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो । 

    images