काठमाडौं । सभामुख देवराज घिमिरे सहित दश सदस्यीय टोलि प्रतिनिधिमण्डलको नेतृत्व गर्दै स्वीट्जरल्याण्ड प्रस्थान गरेका छन् ।
अन्तर व्यवस्थापिका सङ्घको एक सय ४८औँ महासभामा सहभागी हुन सभामुखको टोलि स्वीट्जरल्याण्ड गएको हो ।
यही चैत १० देखि १४ गतेसम्म अन्तर व्यवस्थापिका सङ्घको प्रधान कार्यालय रहेको जेनेभामा सञ्चालन हुने महासभामा सहभागी हुन सभामुख घिमिरे नेतृत्वको प्रतिनिधिमण्डल आज कतार एयरलान्सको उडानबाट दोहा हुदैँ जेनेभातर्फ प्रस्थान गर्नुभएको सङ्घीय संसद् सचिवालयले जानकारी दिएको छ ।
उक्त महासभामा सभामुख घिमिरेसहित संसदीय दलका प्रमुख सचेतक नेपाली कांग्रेसका रमेश लेखक, नेकपा (एमाले) का महेशकुमार बर्तौला, नेकपा(माओवादी केन्द्र) का हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका सन्तोष परियार सहभागी छन् ।
यस्तै राष्ट्रियसभा सदस्य गङ्गाकुमारी बेलबासे, सङ्घीय संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरी, उपसचिव प्रदीप गुरागाई र सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराईसमेत सहभागी भएका छन् ।
सभमुख घिमिरेले “संसदीय कूटनीति स् शान्ति र समझदारीको लागि सेतु निर्माण” विषयमा सङ्घीय संसद्कोतर्फबाट आफनो वक्तव्य प्रस्तुत गर्नुहुने जनाइएको छ ।
सभामुख नेतृत्वको टोली चैत १६ गते बिहान स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।
.jpg)


