काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ।
राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ७४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ३४ पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ७६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ३६ पैसा थियो।
आज युरोपियन युरो १ को खरिदर १४४ रुपैयाँ ९३ पैसा र बिक्रीदर १४५ रुपैयाँ ४८ पैसा निर्धारण भएको छ भने बेलायती पाउन्ड १ को खरिददर १६९ रुपैयाँ ३२ पैसा र बिक्रीदर १७० रुपैयाँ ०८ पैसा निर्धारण भएको छ।
त्यसैगरी आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ६५ पैसा र बिक्रीदर ८८ रुपैयाँ ०४ पैसा निर्धारण भएको छ भने कुवेती दिनार १ को खरिददर ४३१ रुपैयाँ ८२ पैसा र बिक्रीदर ४३३ रुपैयाँ ७७ पैसा निर्धारण भएको छ।
आजको लागि बहराइन दिनारको खरिददर ३५२ रुपैयाँ १४ पैसा र बिक्रीदर ३५३ रुपैयाँ ७३ पैसा निर्धारण भएको छ।

.jpg)


