काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई म्याद थपको लागी आज अदालतमा लगिँदैछ ।
गत सोमबार पहिलो दिन अदालतबाट लिएको ४ दिनको म्याद बिहीबार सकिएकाले सीआईबीले थप अनुसन्धानका लागि भन्दै महराविरुद्ध म्याद थप्ने तयारी गरेको हो
यसबीच सीआईबीले बुधबार र बिहीबार गरी दुईपटक महरासँग बयान लिइसकेको छ।
सरकारी वकिलको कार्यालयमा बयान दिँदै महराले सुन तस्करीमा आफ्नो संलग्नता अस्वीकार गरिरहेका छन्।
.jpg)


