काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख २६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहिबारको तुलनामा आज सुन तोलामा १३०० रुपैयाँले घटेको हो ।
त्यस्तै तेजाबी सुन प्रतितोला १ लाख २५ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
शुक्रबार चाँदी तोलामा ५५ रुपैयाँले घटेर तोलाको १५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
.jpg)


