काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटर्वाता भएको छ ।
शुक्रबार सिंहदरबारमा भएको भेटमा प्रदेशको भागबन्डा, शान्ति प्रक्रियाका बाँकी कामलगायत विषयमा छलफल भएको बताइएको छ ।
आज बिहान बसेको समाजवादी मोर्चाको बैठकले मोर्चामा एमालेलाई ल्याउनेबारे छलफल गरेको थियो ।
भेटमा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहालले सो विषयमा पनि जानकारी गराएको सचिवालयले जानकारी दिएको छ ।
.jpg)


