काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले तीनै तहका सरकारलाई जोड्ने काम राष्ट्रियसभाले गर्ने बताएका छन्।
सोमबार बिहान चितवनमा पत्रकारहरुसंग कुराकानी गर्दै अध्यक्ष दाहालले स्थानीय तह र प्रदेशसभाको सेतुको रुपमा राष्ट्रियसभाले काम गर्ने बताएका हुन्। उनले प्रदेश र स्थानीय तहका भावना, समस्या, जटिलता र सम्भावना राष्ट्रियसभामा विषयवस्तु बनाएर छलफल सुरु गरिसकिएको बताए ।
उनले भने, ‘त्यहाँ छलफल भएका विषयवस्तु प्रतिनिधिसभा हुँदै सरकारसम्म पुग्छन्,’। प्रदेशका सबै काम कारबाहीका बारेमा सातै प्रदेशबाट प्रतिनिधित्व गर्ने माननीयले कुरा उठाउने व्यवस्था गरेको छु,’
तीनै तहका सरकारलाई जोड्ने काममा राष्ट्रियसभाले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउदै अध्यक्ष दाहालले राष्ट्रियसभामा अधिकांश विधयेक सर्वसम्मत पारित हुने गरेको बताए ।
उनले भने, ‘राष्ट्रियसभामा राजनीतिक दृष्टिकोणले नभई राष्ट्र र जनताको दृष्टिले हेरेर छलफल हुन्छ। राष्ट्रियसभामा आउने विधेयक लामो समय रोकिँदैनन्।’
.jpg)


