मंगलबार, कार्तिक १८ गते २०८३
images
images

सांसदहरुले दिएको सुझाव सरकारका लागि धेरै उपयोगी हुन्छ : कृषिमन्त्री साह

एक्सप्रेस पाना
चैत्र १२, २०८० सोमबार
  • 261
    SHARES
  • सांसदहरुले दिएको सुझाव सरकारका लागि धेरै उपयोगी हुन्छ : कृषिमन्त्री साह

    काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले कृषि क्षेत्रको आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटबारे सांसदहरुले दिएको सुझाव महत्वपूर्ण रहेको बताएकी छन् । 

    images

    सोमवार सिंहदरबारमा सांसदहरुसँगको अन्तरक्रिया कार्यक्रममा मन्त्री साहले यस्तो बताएकी हुन् । 

    मन्त्री साहले कृषिमा मुलुकलाई आत्मनिर्भर बनाउने, युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर सृजना हुने खालको रणनीतिक योजना सरकारले तय गर्न लागेकाले पनि त्यस सम्बन्धमा सांसदहरुले दिएको सुझाव महत्वपूर्ण हुने विश्वास बताइन् । 

    images

    मन्त्री साहले छुर्पी, खुवा, अलैँची, कफीहरुको उत्पादन बढाएर निर्यात गर्नका लागि पनि सरकारलाई सुझाव पनि सम्बन्धित सबै पक्षलाई आह्वान गर्दै उनले सिंचाईका असुविधाहरु भएको ठाउँमा देखिएको समस्या हल गर्ने कुरामा पनि सांसदहरुले दिएको सुझाव सरकारका लागि धेरै उपयोग हुने स्पष्ट पारिन् ।