काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको राष्ट्रिय सभाको प्रमुख सचेतकमा कृष्णबहादुर रोकाया मनोनीत भएका छन् ।
कांग्रेस संसदीय दलका नेता एवम् सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभाको प्रमुख सचेतकमा सांसद रोकायालाई मनोनित गरेका हुन्।
कांग्रेसको कर्णाली प्रदेशका महामन्त्रीसमेत रहेका रोकाया माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा विजयी भएका हुन्।
.jpg)


