काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७.०१ अंकले घटेको छ ।
आज ०.८८ प्रतिशतले घटेर २०३१.५५ विन्दुमा पुगेर बजार बन्द भएको हो ।
आज २ अर्ब ४८ करोड ९१ लाख १८ हजार रुपैयाँ बराबरको ७० लाख ६१ हजार १२ कित्ता शेयर ४४ हजार २३६ पटक किनबेच भएको छ ।
आज ३०४ कम्पनीको शेयर किनबेच हुँदा ३७ कम्पनीको शेयर मूल्य बढेको छ भने २०४ कम्पनीको शेयर मूल्य घटेको छ ।
३ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।
.jpg)


