मंगलबार, कार्तिक १८ गते २०८३
images
images

'असल नियतले काम गर्दा कहीँ कतै समस्या भएमा त्यसको जिम्मेवारी मैले लिनेछु’ : प्रधानमन्त्री

एक्सप्रेस पाना
चैत्र १२, २०८० सोमबार
  • 229
    SHARES
  • 'असल नियतले काम गर्दा  कहीँ कतै समस्या भएमा त्यसको जिम्मेवारी मैले लिनेछु’ : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नियत सफा राखेर काम गर्ने कुनै पनि राष्ट्र सेवक कर्मचारीमाथि समस्या पर्न नदिने बताएका छन्।

    images

    सोमबार प्रधानमन्त्री कार्यालयमा बुेको सचिवहरूको नियमित बैठकमा प्रधानमन्त्री दाहालले निर्दोषलाई समस्या भएमा त्यसको जिम्मेवारी आफूले लिने बताएका हुन् । 

    प्रधानमन्त्री दाहालले भने, "कार्यसम्पादन गर्दा कसैको भय र त्रासमा नपर्नु होला, कानुन बमोजिम काम गर्न डराउनु पर्दैन,’ । ‘असल नियतले काम गरेको विषयमा निर्दोष मानिसलाई कहीँ कतै समस्या भएमा त्यसको जिम्मेवारी मैले लिनेछु।’ ‘राजनीति र प्रशासक सरकारका अभिन्न अङ्ग हुन् ।  ‘हालसम्म यहाँहरूबाट सहयोग प्राप्त हुँदै आएको छ। अझै थप जाँगर र जोसका साथ काम गर्नु हुनेछ भन्ने विश्वास लिएको छु।’ म आफू पनि राष्ट्र र कानुन विपरितको कुनै पनि काम गर्दिन र तपाईहरू पनि यस्तो कार्यमा लाग्नु हुने छैन भन्ने मैले विश्वास लिएको छु।"

    images

    प्रधानमन्त्री दाहालले जनताले प्रत्यक्ष अनुभूति गर्नेगरी सेवाप्रवाह गर्नुपर्नेमा जोड दिँदै  शिक्षा, स्वस्थ्य, यातायातजस्ता आधारभूत सेवा, राहादानी, सवारी चालक अनुमतिपत्र, राष्ट्रिय परिचयपत्र वितरण तथा मालपोत करदस्तुर बुझाउने जस्ता सेवा लिन नागरिकले बेहोरेका सास्ती हटाउने काम तत्काल प्राथमिकतामा राख्न निर्देशन दिए।