मंगलबार, कार्तिक १८ गते २०८३
images
images

गृहमन्त्री र इजरायली राजदूत हनान गोडर बिच भेटर्वाता

एक्सप्रेस पाना
चैत्र १२, २०८० सोमबार
  • 262
    SHARES
  • गृहमन्त्री  र इजरायली राजदूत हनान गोडर बिच भेटर्वाता

    काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने लाई नेपालस्थित इजरायली राजदूत हनान गोडरले  भेटेर बधाई दिएका छन्।

    images

    सोमबार सिंहदरबारमा भएको भेटमा  इजरायलमा रहेका नेपाली नागरिकको अवस्था, नेपाली विद्यार्थीका लागि छात्रवृत्ति र हमासद्वारा अपहरणपछि बेपत्ता विपिन जोशीको सुरक्षित नेपाल फर्काई लगायत विषयमा छलफल भएको बताइएको छ । 

    राजदूत गोडरले गत अक्टोबर ७ मा विद्रोही समूह हमासद्वार अपहरण गरी लगेका विपिन जोशीको अवस्थाबारे इजरायल सरकार चिन्तित रहेको बताएका थिए।

    images

    उनले अपहरणमा परेर बेपत्ता विपिनसहित अक्टोबर ७ मा ज्यान गुमाउने १० जना नेपालीको परिवारलाई इजरायल सरकारले राहतस्वरुप भत्ता उपलब्ध गराउन थालेको बताए ।  

    भेटमा गृहमन्त्री लामिछानेले इजरायल र प्यालेस्टाइनबीचको द्वन्द्वको शान्तिपूर्ण समाधान होस् भन्ने कामना गरे।

    उनिहरुबीच कृषि, सूचना प्रविधि, रोजगारी सिर्जनालगायत क्षेत्रमा सहकार्य र नेपाल(इजरायलको सम्बन्ध विस्तार र सुदृढका लागि थप सहकार्यबारे पनि छलफल भएको छ