काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ।
राष्ट्र बैंकको अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ १९ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७९ पैसा निर्धारण भएको छ। हिजो पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो।
त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४४ रुपैयाँ १४ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७९ पैसा निर्धारण भएको छ भने बेलायती पाउन्ड १ को खरिददर १६८ रुपैयाँ २२ पैसा र बिक्रीदर १६८ रुपैयाँ ९८ पैसा निर्धारण भएको छ।
आज अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ०३ पैसा र बिक्रीदर ८७ रुपैयाँ ४३ पैसा निर्धारण भएको छ भने कुवेती दिनार १ को खरिददर ४३२ रुपैयाँ ९८ पैसा र बिक्रीदर ४३४ रुपैयाँ ८८ पैसा निर्धारण भएको छ।
.jpg)


