काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मुल्य घटेको छ ।
आज छापावाला सुन प्रतितोला एक लाख २६ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै तेजाबी सुन एक लाख २५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता चाँदीको मुल्यमा पनि परिर्वतन आएको छ ।
आज चाँदीको मुल्य तोलामा १० रुपैयाँले घटेर एक हजार ५०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


