मंगलबार, कार्तिक १८ गते २०८३
images
images

महाधिवेशनको तयारीमा नेकपा एस; राजनीतिक तथा सुरक्षा निकाय समन्वय कमिटी गठन

एक्सप्रेस पाना
चैत्र १३, २०८० मंगलबार
  • 194
    SHARES
  • महाधिवेशनको तयारीमा नेकपा एस; राजनीतिक तथा सुरक्षा निकाय समन्वय कमिटी गठन

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले १०औँ राष्ट्रिय महाधिवेशनका लागि राजनीतिक तथा सुरक्षा निकाय समन्वय कमिटी गठन गरेको छ ।

    images

    पार्टीले उपाध्यक्ष राजेन्द्र पाण्डेको संयोजकत्वमा गठन गरेको उक्त कमिटीमा अर्का उपाध्यक्ष जयन्ती राईलाई उपसंयोजकको जिम्मेवारी तोकेको छ ।

    कमिटीमा केही पूर्वसुरक्षाकर्मी, राजनीतिक व्यक्तित्वलाई आवश्यकताअनुसार सदस्यका रूपमा थप गरी जिम्मेवारी प्रदान गरिने पार्टी सचिव जीवनराम श्रेष्ठले बताए ।  

    images

    महाधिवेशनका लागि पार्टीले अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा महाधिवेशन मूल व्यवस्थापन कमिटी महाधिवेशन तयारीका आवश्यक कार्यलाई तीव्ररूपमा अगाडि बढाइएको सचिव श्रेष्ठले जानकारी दिए । 

    देशभर महाधिवेशन केन्द्रित सङ्गठन सुदृढीकरण गरिरहेको पार्टीले सदस्यता विस्तार, प्रशिक्षण, राजनीतिक गतिविधि, जनवर्गीय सङ्गठनका अधिवेशनलगायत कार्यक्रम सञ्चालन गरेको छ । महाधिवेशन दस्तावेज लेखन समितिले केन्द्रमा राजनीतिक प्रतिवेदनमा छलफल केन्द्रित गरेको छ । 

    पार्टीले आगामी जेठ ३ देखि ७ गतेसम्म काठमाडौंमा राष्ट्रिय महाधिवेशन आयोजना गर्दैछ ।