काठमाडौं । उर्जा जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनका कारण नेपालले गम्भीर खतराहरूको सामना गर्नु परेको बताउका छन् ।
काठमाडौंमा सोमवार राष्ट्रिय प्रकृति संरक्षण कोषले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्रि बस्नेतले अहिले नेपालले जलवायु परिवर्तनबाट गम्भीर खतराहरूको सामना गरिरहेको बताएका हुन् ।
उनले भने, "वर्तमान सन्दर्भमा जलवायु परिवर्तनका मुद्दाहरू मुख्य छन् । हिमाली राष्ट्रको रूपमा, नेपालले जलवायु परिवर्तनबाट गम्भीर खतराहरूको सामना गरिरहेको छ । हाम्रा हिमालय र हिमनदीहरू तिब्र रूपमा पग्लिरहेका छन्’। ‘यस संकटलाई निम्त्याउने उत्सर्जनको लागि हामी थोरै जिम्मेवारी वहन गर्दा पनि हामी यसको प्रभावलाई न्युनिकरण गर्न र यसका चुनौतिहरूलाई अनुकुलन गर्ने हाम्रो प्रतिवद्धता कायम राखेका छौं ।"
उनले जलवायु परिवर्तनबाट निम्तिएका चुनौतिहरुको सामना गर्न नेपाललाई क्षतिपूर्ति दिन आवश्यक रहेको बताए ।
मन्त्री बस्नेतले विश्वव्यापी वातावरणीय स्थिरतामा नेपालको योगदान अतुलनीय रहेको बताए ।
उनले भने–"अर्बौं मानिसलाई पानीको प्रवन्ध गर्नेदेखि लिएर सङ्कटमा परेका प्रजातिको संरक्षणसम्म, विश्वव्यापी वातावरणीय स्थिरतामा नेपालको योगदान अतुलनीय छ ।"
.jpg)


