काठमाडौं । मंगलबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ।
आज १०.१४ अंकले बढेर २०४१.७० विन्दुमा बन्द भएको छ।
मंगलबारको बजारमा २ अर्ब ३५ करोड ४३ लाख ४८ हजार ५०३ रूपैयाँको सेयर कारोबार भएको छ।
आज दिन ३१० वटा धितोपत्रको ६८ लाख ४२ हजार ३९२ कित्ता सेयर किनबेच भएको हो।
मंगलबार १६८ कम्पनीको सेयर मूल्य बढेको छ भने ६८ वटाको घटेको छ।
यस्तै, १० कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।


