मंगलबार, कार्तिक १८ गते २०८३
images
images

वर्तमान गठबन्धन देश र जनताको समृद्धिका लागि गरिएको हो : ईश्वर पोखरेल

एक्सप्रेस पाना
चैत्र १३, २०८० मंगलबार
  • 312
    SHARES
  • वर्तमान गठबन्धन देश र जनताको समृद्धिका लागि गरिएको हो : ईश्वर पोखरेल

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले वर्तमान गठबन्धन र समीकरण देश र जनताको समृद्धि तथा राजनीतिक स्थायित्वका लागि गरिएको बताएका छन् ।

    images

     मंगलबार उदयपुरको गाईघाटमा आयोजित कार्यक्रमा वरिष्ठ उपाध्यक्ष पोखरेलले वर्तमान गठबन्धन मुलुकको राजनीतिक स्थायित्वका लागि गरिएको बताएका हुन् ।उनले एमालेसहितको नयाँ समीकरणको सरकार पूरै कार्यकाल चल्ने तथा भ्रष्टाचारमा शून्य सहनशीलताको नीतिका साथ काम भइरहेको बताए ।   

    भ्रष्टाचारमा संलग्न जो कोहीलाई पनि छाड्न नहुने उल्लेख गर्दै उनले कानुनबमोजिम कारबाहीका लागि एमालेले पहल गरिरहेको उल्लेख गदै वरिष्ठ उपाध्यक्ष पोखरेलले कोशी प्रदेशमा चाँडै एमालेको नेतृत्वमा नयाँ सरकार बन्ने बताए ।

    images

    एमाले आजदेखि सुरु हुने नवौ जिल्ला अधिवेशनमा सहभागी हुन उनि उदयपुर पुगेका हुन् । 

    कार्यक्रममा एमाले स्थायी समिति सदस्य तथा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राई, स्थायी समिति सदस्य तथा उदयपुर इञ्चार्ज परशु मेघी गुरुङ, केन्द्रीय सदस्य अम्बिका थापा, एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा, सचिव टीकाराम चेमजोङ, एमाले उदयपुरका अध्यक्ष परमेश्वर घिमिरेलगायतको उपस्थिति रहेको थियो ।