मंगलबार, कार्तिक १८ गते २०८३
images
images

पार्टी भित्र इमान्दार र योग्यताको निम्ति प्रयास गर्ने मानिस चाहिएको छ: गगन थापा

एक्सप्रेस पाना
चैत्र १३, २०८० मंगलबार
  • 247
    SHARES
  • पार्टी भित्र इमान्दार र योग्यताको निम्ति प्रयास गर्ने मानिस चाहिएको छ: गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राजनीतिमा छट्टुहरु हावी हुन थालेको बताएका छन् ।

    images

    मंगलबार नवीन्द्रराज जोशीको तेस्रो स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै सांसद थापाले राजनीतिमा छट्टुहरु हावी हुन थालेको बताएका हुन् ।

    उनले कांग्रेस पार्टी भित्र अहिले इमान्दार र योग्यताको निम्ति प्रयास गर्ने मानिस चाहिएको बताए। 

    images

    उनले भने  "नेपाली कांग्रेसभित्र हामीलाई यो बेला इमान्दार पनि, सँगसँगै योग्यताका निम्ति प्रयास गर्ने मानिस चाहिएको छ। तर राजनीतिमा विस्तारै कस्तो हुन्छ भने छट्टुहरु हावी हुन थाले, छट्टुहरु कस्तो हुन्छ आउँछ लटरपटर पार्छ, झुक्याउँछ, रंगरोगन गर्छ जान्छ। हामीलाई छट्टुहरु चाहिएको होइन, हामीलाई गति र मति दुवै भएको मान्छे चाहिएको हो। गति छ मति छैन, मति छ गति छैन।" 

    थापाले अहिले उत्तेजनाको राजनीति गर्नेले नयाँ पुस्ताको चाडो परिवर्तन होस् भन्ने चाहनाको दुरुपयोग भइरहेको बताए ।