सोमबार, कार्तिक १७ गते २०८३
images
images

आइएमई 'पे’ मार्फत विदेशबाट पठाएको रेमिट्यान्स प्राप्त गर्दा रु ५०० सम्म बोनस

एक्सप्रेस पाना
चैत्र १४, २०८० बुधबार
  • 255
    SHARES
  • आइएमई 'पे’ मार्फत विदेशबाट पठाएको रेमिट्यान्स प्राप्त गर्दा रु ५०० सम्म बोनस

    काठमाडौँ। नेपालको पहिलो डिजिटल वालेट आइएमई 'पे' ले मनिग्राम मार्फत विदेशबाट पठाएको रेमिटेन्स प्राप्त गर्दा पाँच सय रुपैयाँ सम्म बोनस प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको छ ।

    images

     फागुन १०गतेबाट  सुरु भएको सो अफर  दुइ महिना सम्म रहने छ ।  यस अफर अन्तर्गत विदेशमा रहनु भएको सेवाग्राहीहरूले  मनिग्राम मार्फत पठाएको रकम आइएमई पे मार्फत प्राप्त गर्दा पाँच सय रुपैयाँ  बोनस सम्म  पाउन सकिनेछ ।  

    मनि ग्राम  बाहेक अन्य रेमिटेन्स सेवाहरू अल अन्सारी, इजी रेमिट, इन्स्ट्यान्ट क्यास मार्फत  पठाइएको रकम  आइएमई पे  मार्फत प्राप्त गर्दा  पनि एक सय रुपैयाँ बोनस  प्राप्त गर्न सकिने छ । 

    images

    आइएमई पे’मार्फत  संसार को कुनै पनि देशबाट पठाएको पैसा प्रयोगकर्ताहरूले सजिलै प्राप्त गर्न सक्छन् ।