मंगलबार, कार्तिक १८ गते २०८३
images
images

राज्य व्यवस्था तथा सुशासन समितिमा गृहमन्त्रीं लामिछाने उपस्थित हुँदै

एक्सप्रेस पाना
चैत्र १४, २०८० बुधबार
  • 228
    SHARES
  • राज्य व्यवस्था तथा सुशासन समितिमा गृहमन्त्रीं लामिछाने उपस्थित हुँदै

    काठमाडौं । सहकारी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संघीय संसदको बैठकमा आज उपस्थित हुँदैछन् ।

    images

    प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबार बस्ने बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई बोलाइएको हो । 

    समितिको सचिवालयका अनुसार सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्ने बैठकमा गृह मन्त्रालयसँग सम्बन्धित समसामयिक विषयमा छलफल गर्ने कार्यसूची रहेको छ ।

    images

    दुई संसदीय समितिको बैठक
    संघीय संसद अन्तर्गत दुई समितिको बैठक बस्दैछ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समिति , संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो । दुबै समितिको बैठक बिहान ११ बजे सिंहदरबारस्थित संसद सचिवालयको समितिका कक्षमा बस्ने छन् ।