मंगलबार, कार्तिक १८ गते २०८३
images
images

बझाङ र इलाम–२ को उपनिर्वाचनमा माओवादी केन्द्रले आफ्नै उम्मेदवार उठाउने

एक्सप्रेस पाना
चैत्र १४, २०८० बुधबार
  • 203
    SHARES
  • बझाङ र इलाम–२ को उपनिर्वाचनमा माओवादी केन्द्रले आफ्नै उम्मेदवार उठाउने

    काठमाडौं । आगामी वैशाख १५ गते इलाम–२ र बझाङ–१ हुने उपनिर्वाचनमा नेकपा (माओवादी केन्द्र) ले आफ्नै उम्मेदवार उठाउने भएको छ ।

    images

    माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलका अनुसार बुधबार बसेको पार्टी पदाधिकारी बैठकले दुवै ठाउँमा आफ्नै उम्मेदवार उठाउने निर्णय गरेको हो ।

    धिरेन शर्मा, कान्छा लावती र ओमबहादुर गुरुङको नाम इलाम–२ को उम्मेदवारमा माओवादीबाट सिफारिस भएको छ ।

    images

    सत्तारुढ गठबन्धन दलहरु माओवादी, एकीकृत समाजवादीले इलाम–२ मा एमाले उम्मेदवार सुहाङ नेम्वाङलाई समर्थन गर्ने चर्चा चलेको थियो । एमालेले यसअघि नै सुहाङलाई उम्मेदवार बनाइसको छ ।

    इलाम–२ बाट माओवादीका तीन जना नेताको नाम उम्मेदवारको रुपमा सिफारिस भएर आएको भए पनि कसलाई टिकट दिने भन्नेबारे आजको बैठकमा टुंगिएको छैन ।