काठमाडौं । आगामी बैशाखमा हुने इलाम र बझाङको उपनिर्वाचनमा नेकपा (एकीकृत समाजवादी) ले आफ्नै उम्मेदवार उठाउने निर्णय गरेको छ ।
समाजवादीले भोलिसम्म बैठक बसेर उम्मेदवारबारे औपचारिक निर्णय गर्ने बताएको छ ।
समाजवादीले इलाम–२ मा हुन लागेको प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा जीतबहादुर राईलाई अगाडि सारेको छ । बझाङ–१ (क) को प्रदेश सभा सदस्यको उपनिर्वाचनमा दिलबहादुर सिंहलाई उम्मेदवार बनाउने नेकपा (एस)ले तयारी गरेको छ ।
इलाम– २ मा सत्तारुढ दल माओवादी केन्द्र र एकीकृत समाजवादीले एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई समर्थन गर्नेबारे चर्चा चले पनि दुवै दलले आ–आफ्नै उम्मेदवार उठाउने बताएका छन् ।
.jpg)


