काठमाडौं । नेकपा एमाले सांसद एवं प्रतिनिधि सभा सदस्य रघुजी पन्तले दुर्गा प्रसाईँलाई अत्याधुनिक हतियार राख्ने अनुमती दिइएको विषयमा आपत्ति जनाएका छन् ।
बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले दुर्गा प्रसाईँलाई अत्याधुनिक हतियार किन दिइयो ? यो कतिको स्वभाविक छ भन्दै प्रश्न गरेका हुन् ।
उनले यस्ता प्रकारका अत्याधुनिक हतियार व्यक्तिको सुरक्षामा दिनु उपयुक्त नहुने बताए । साथै, त्यस्ता प्रकारका अत्याधुनिक हतियारको अनुमती हालसम्म कति जनालाई दिइएको छ ? भन्दै उनले प्रश्न गरे ।
उनले भने, "दुर्गा प्रसाईंलाई दिएको जस्तो हतियार कतिलाई दिएको छ, रेकर्ड छ ? फिर्ता लिनुपर्छ कि पर्दैन ?"
.jpg)


