मंगलबार, कार्तिक १८ गते २०८३
images
images

बालकुमारी घटनाको प्रतिवेदन अध्ययनको चरणमा छ: सचिव अर्याल

एक्सप्रेस पाना
चैत्र १४, २०८० बुधबार
  • 229
    SHARES
  • बालकुमारी घटनाको प्रतिवेदन अध्ययनको चरणमा छ: सचिव अर्याल

    काठमाडौं। गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले बालकुमारी घटनाको प्रतिवेदन अध्ययनको चरणमा रहेको बताएका छन्।

    images

    बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सचिव अर्यालले यस्तो बताएका हुन् ।  

    गत पुस १३ ग ते ललितपुरको बालकुमारीस्थित ईपीएस कोरिया शाखा कार्यालयमा परीक्षा फाराम भर्ने विषयलाई लिएर भएको प्रदर्शनका क्रममा प्रहरीको बल प्रयोग गर्दा २ जनाको मृत्यु भएको थियो। 

    images

    अछाम, चौरपाटीका वीरेन्द्र शाह र दैलेख महाबुका सुजन राउतको मृत्यु भएको उक्त घटनालाई लिएर सरकारले न्यायिक जाँचबुझ आयोग गठन गरेको थियो।

    हाल शान्ति सुरक्षाको अवस्था सामान्य रहेको र बन्द हडतालका कार्यक्रम नरहेको बताए । 

    अपराध नियन्त्रण र सीमा सुरक्षामा विशेष सरकारले विशेष ध्यान केन्द्रित गरेको उनले बताए। उनले आत्महत्या, बैंकिङ कसुर, चोरी र हत्याजस्ता घटना अन्यभन्दा ८० प्रतिशतले बढेको जानकारी दिए।