काठमाडौं । गृह मन्त्रालयले मिडियालाई कन्ट्रोल गर्न नखोजेको बताएको छ । बुधबारको राज्य व्यवस्था समितिको बैठकमा गृह सचिव एक नारायण अर्यालले यस्तो बताएका हुन् ।
सचिव अर्यालले मिडियालाई कन्ट्रोल गर्न नखोजको र सामाजीक सञ्जालमा पोस्ट भएका घटनाले गर्दा धार्मिक द्वन्द्व बढाएको कारण त्यसलाई नियन्त्रण गर्न खोजेको बताए ।
उनले भने,“हामीलाई प्रमुख जिल्ला अधिकराीलाई ६८ बुँदे निर्देशन गरेका हौँ,” उनले भने, “हामीले मिडियालाई कन्ट्रोल गर्ने होइन । हामी सम्मान गर्छौँ । नेपालगन्जमा फेसबुकमा पोस्ट गरेको घटनाले गर्दा धार्मिक द्वन्द्व बढाएको थियो । त्यसलाई कन्ट्रोल गर्नका लागि थियो । मिडियालाई होइन ।”
.jpg)


