सोमबार, कार्तिक १७ गते २०८३
images
images

एभरेष्ट बैंकद्वारा Global Money Week 2024 कार्यक्रम सम्पन्न

एक्सप्रेस पाना
चैत्र १४, २०८० बुधबार
  • 235
    SHARES
  • एभरेष्ट बैंकद्वारा Global Money Week 2024 कार्यक्रम सम्पन्न

    काठमाडौं । एभरेष्ट बैंकद्वारा Global Money Week  2024 कार्यक्रम सम्पन्न गरेको छ ।

    images

    नेपाल राष्ट बैंकको संयोेजनमा बिगत वर्षहरुजस्तै यस वर्ष पनी एभरेष्ट बेैंकले मिति २०८०-१२-०५ देखी सप्ताव्यापी अभियान अन्तर्गत Global Money Week 2024 को उपलक्ष्यमा देशभर वित्तीय साक्षरता कार्यक्रमहरु सम्पन्न गरेको छ । 

    उक्त कार्यक्रम अन्तर्गत बैंकले ७ वटै प्रदेशका विभिन्न शाखा मार्फत विभिन्न स्कुल/क्याम्पसहरुमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरी झण्डै ३ हजार भन्दा बढी विद्यार्थीहरुमा वित्तीय शिक्षाको महत्व जागरण गरायो । 

    images

    Protect Your Money, Secure Your Future भन्ने नाराका साथ सम्पन्न गरिएको उक्त कार्यक्रममा युवाहरुमा वित्तीय ज्ञान, सीप, मनोवृत्ति, वित्तीय समावेशीकरण, बैंकहरुले दिने सेवा र यसमा अपनाउनु पर्ने सावधानीका विषयमा सचेतना गराइयो।

    पंजाब नेशनल बैंक भारत संग संयुक्त साझेदार रहेको यस बैंक स्थापना काल देखि नै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १३ लाख सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरी छरिएर रहेको आफ्नो १२८ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६४ ATM सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र SMS  सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।