मंगलबार, कार्तिक १८ गते २०८३
images
images

'मेरो सामान्य केवाईसी समेत भरिएको छैन्' :गृहमन्त्री लामिछाने

एक्सप्रेस पाना
चैत्र १४, २०८० बुधबार
  • 247
    SHARES
  • 'मेरो सामान्य केवाईसी समेत भरिएको छैन्' :गृहमन्त्री लामिछाने

    काठमाडौं । सहकारी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेले उक्त्त सहकारीमा आफ्नो नाममा सामान्य केवाईसी फारम समेत नभरेको जिकिर गरेका छन् । 

    images

    बुधबारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदले सोधेका प्रश्नको जवाफमा गृहमन्त्री लामिछानेले फारम समेत नभरेका बताएका हुन् । 

    बैठकमा सांसदहरूले गृहमन्त्री लामिछाने विरुद्ध दिएको उजुरीका विषयमा प्रश्न गरेका थिए।

    images

    जवाफमा गृहमन्त्री लामिछानेले भने,“जहाँ मेरो नाम छ भनिएको छ, त्यहाँ नाम बाहेक केही छैन,न हस्ताक्षर छ न ल्याप्चे छ। न मैले निवेदन दिएको छु न मेरो सामान्य केवाईसी भरिएको छ, ।न मैले कुनै पत्र पाएको छु न कुनै अनुसन्धान भएको भन्ने कुरा थाहा छ,”। 

    सहकारीको रकम हिनामिनाको मुद्दा अदालतमा विचाराधीन रहेको उनले उल्लेख गर्दै उनले भने,“त्यो मुद्दा अदालतमा दर्ता भएको छ, अदालतमा दर्ता भएको मुद्दामा म प्रतिवादी छैन,। एउटा जाहेरी छ, सूचनाका रूपमा प्रहरीले ग्रहण गरेको बाहेक त्यो दर्ता पनि भएको छैन भन्ने मलाई जानकारी आएको छ,।”