बुधबार, भाद्र २४ गते २०८३
images

रुस जान व्यक्तिगत श्रम स्वीकृतको व्यवस्था खुला गरिएको छैन :डोलप्रसाद अर्याल

एक्सप्रेस पाना
चैत्र १५, २०८० बिहीबार
  • 421
    SHARES
  • रुस जान व्यक्तिगत श्रम स्वीकृतको व्यवस्था खुला गरिएको छैन :डोलप्रसाद अर्याल

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले हाल कुनै पनि व्यक्ति रुस जान श्रम स्वीकृतिको व्यवस्था नरहेको बताएका छन् ।

    images

    राष्ट्रिय रास्वपाले बुधबार आयोजना गरेको कार्यक्रममा मन्त्रि अर्यालले हाल रुस जान व्यक्तिगत श्रम स्वीकृतको व्यवस्था बन्द नै रहेको र खुला नगरिएको बताएका हुन् । 

    मन्त्री अर्यालले वैदेशिक रोजगार व्यवसायीले रुसमा युद्धग्रस्त क्षेत्र होइन भन्ने स्पष्ट पारेको र जोखिम छैन भन्ने मागलाई स्वीकृत दिने निर्णयका सन्दर्भमा आफूहरु पुनःमूल्याङ्कनका लागि अध्ययनका क्रममा रहेको बताए । 

    images

    श्रम स्वीकृति लिएर गएका नेपाली नागरिकको उद्धारका हकमा आफ्नो मन्त्रालयले जिम्मेवार हुने र श्रम स्वीकृति नलिई गएका नागरिकको हकमा परराष्ट्र मन्त्रालयले समन्वय गर्नुपर्ने उनको भनाई थियो।

     

  • सम्बन्धित विषय:

  • # डोलप्रसाद अर्याल