काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ।
राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ १० पैसा र बिक्रीदर १३३ रुपैयाँ ७० पैसा निर्धारण भएको छ। बुधबार अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ९६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५६ पैसा थियो।
त्यसैगरी आज युरोपियन युरो १ को खरिदर १४४ रुपैयाँ १९ पैसा र बिक्रीदर १४४ रुपैयाँ ८४ पैसा निर्धारण भएको छ भने बेलायती पाउन्ड १ को खरिददर १६८ रुपैयाँ १९ पैसा र बिक्रीदर १६८ रुपैयाँ ९८ पैसा निर्धारण भएको छ।
आज अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ८९ पैसा र बिक्रीदर ८७ रुपैयाँ २८ पैसा निर्धारण भएको छ भने कुवेती दिनार १ को खरिददर ४३२ रुपैयाँ ७६पैसा र बिक्रीदर ४३४ रुपैयाँ ७१ पैसा निर्धारण भएको छ।

.jpg)


