काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पुन: ‘संवाद यात्रा’ सुरु गरेका छन्।
गत २३ माघमा स्थगित भएको संवाद यात्रा बिहीबारदेखि नवलपरासीको सूर्यपुरास्थित प्रतापपुर गुठीबाट थापाले पुन: सुरु गरेका हुन्।
१३ माघबाट सुरु भएको उनको संवाद यात्रा बिचमा स्थगित गरिएको थियो। स्थगित हुनु अघि १३ जिल्लामा महामन्त्री थापाले संवाद यात्रा गरेका थिए।
बिहीबारबाट सुरु गरिएको उनको संवाद यात्रा नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ र बाँकेमा गरिने बताइएको छ।
.jpg)


