काठमाडौं । लामो समय नेपाल प्रहरीमा रहेर देशको सेवा गर्दै आएका नेपाल प्रहरीका पूर्व डीआइजी रमेश खरेल २०७८ पुसमा आफ्नै नेतृत्वमा नेपाल सुशासन पार्टी स्थापना गरेर राजनीतिमा प्रवेश गरे ।
उनी राजनीतिमा आउनु लाई सकारात्मक लिए पनि पार्टीले अपेक्षित गति भने लिन सकेन । २०७९ सालको आमनिर्वाचनमा खरेल सुशासन पार्टीबाट काठमाडौंबाटै लडेर पराजित भए ।
गत वैशाख १० को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राखेको प्रस्तावलाई स्वीकार्दै खरेल रास्वपामा प्रवेश गरे । उनले रास्वपाबाट बारा २ मा उम्मेदवारी दिए तर नतिजा राम्रो आएन । चुनावमा दोस्रो हार व्यहोरेका खरेलको विस्तारै रास्वपामा सक्रियता कम हुदै गयो । अहिले उनि सञ्चारकर्मतिर लागेका छन्।
यसैबिच उनले हिजो (बुधबार) रास्वपाबाट पनि बाहिरिएको बताएका छन् । उनले सामाजिक सञ्जालमा राजिनामा पत्र सार्वजानिक गर्दै आफुले पाटीबाट राजिनामा दिएको जानकारी गराएका हुन् ।
खरेलले रास्वपा सभापति रवि लामिछाने नयाँ सत्ता गठबन्धनबाट उपप्रधान तथा गृहमन्त्री बनेको प्रति असन्तुष्ट व्यक्त गरेका थिए । केही समयअघि उनले सहकारी ठगी प्रकरणमा मुछिएका सभापति लामिछानेले स्वार्थ बाझिने मन्त्रालय रोज्नु ठिक नभएको बताउदै आएका थिए ।
'स्पेस फो के' टेलिभिजनमा 'जनाता जनार्दन' कार्यक्रम चलाउदै आएका खरेलले उक्त कार्यक्रमको पछिल्लो एपिसोडमा उनले सुन तस्करीमा पक्राउ परेका कृष्णबहादुर महराको प्रसंगमा गृहमन्त्रीलाई धन्यवाद दिदै दिए । गृहमन्त्रीमाथि नै प्रश्न उठाएका थिए ।
उनले भनेका थिए– ‘प्रश्न त तपाईँमाथि पनि छन् नि गृहमन्त्रीज्यू । सहकारी ठगीको जुन आरोप छ, त्यसको जवाफ त तपाईँले नै दिने हो । आफूमाथि उजुरी हुँदाहुँदै गृहमन्त्री बन्ने अनैतिक कार्य त तपाईँबाट पनि भएकै हो । जुन मन्त्रालयको नेतृत्वमा अनुसन्धान हुनुपर्ने हो त्यही मन्त्रालयको कुर्सीमा आसीन हुन मिल्दो कुरा पक्कै थिएन । भइहाल्नुभयो, कुरा अर्कै भयो । जुन दिन तपाईँ अनुसन्धानको पवित्र अग्निमा आफैँ होमिएर शुद्ध भएर निस्किनुहुन्छ, त्यसपछि तपाईँले गर्नुभएका यस्ता कर्मलाई स्यावास भनौंला । तर, गृहमन्त्रीको कुर्सीमा रहेर होइन, बाहिर रहेर ।’
सो लगतै रास्वपाले उनको स्पष्टीकरण मागेको थियो । उनले उक्त कार्यक्रममा भनेका थिए, खरेलले स्पष्टीकरणको साटो पाटीबाट राजिनामा दिएका हुन् ।
उनले इमेल मार्फत अंग्रेजिमा राजिनामा पत्र रास्वपामा पठाएका हुन् । उनले पत्रमा भनेका छन् ,तुरून्तै लागू हुने गरी राष्ट्रिय स्वतन्त्र पार्टीबाट मैले आधिकारिक रूपमा राजीनामा लेखिरहेको छु। गहन रूपमा विचार गरेपछि म पार्टीबाट अलग हुने निर्णयमा पुगेँ। अवसर र अनुभवको मौका दिएकोमा रास्वपाप्रति आभार व्यक्त गर्दछु, यद्यपि पछिल्लो घटनाक्रम, पार्टीको नीति र सिद्धान्तहरूसँग मेरो विचार र प्राथमिकता मिल्न सकेन ।’
यसरी छोटो समयमा नै राजनितिबाट बाहिरिएका खरेलको अबको कदम कता जान्छ त्यो त समयले देखाउला । उनि टेलिभिजन कार्यक्रमलाई नै निरन्तरता दिन्छन् कि अन्य राजनितिक दलमार्फत पुनस् राजनितिमा आउछन् त्यो सबैको चासोको विषय बनेको छ ।

.jpg)


