काठमाडौं । साताको अन्तिमकारोबार दिन बिहिबार शेयर बजार झिनो अंकले बढेको छ ।
आज बजार ४.७८ अंकले बढेर २०३५.६४ विन्दुमा कायम भएको नेपाल स्टक एक्चेञ्ज (नेप्से) ले जनाएको छ ।
बिहिबार २ अर्ब ६५ करोड ३३ लाख ४९हजार रुपैयाँ बराबरको ६६ लाख १४ हजार ४४५ कित्ता शेयर ५३ हजार ६१९ पटक किनबेच भएको छ ।
आज ३१३ वटा कम्पनीको शेयर किनबेच हुँदा १२० कम्पनीको शेयर बढेको छ भने ११५ कम्पनीको शेयर घटेको छ ।
१० कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।
.jpg)


