मंगलबार, कार्तिक १८ गते २०८३
images
images

सरकारमा रहेर काम गर्न नसके अर्को उथलपुथल गर्न बेर लाग्दैन :प्रधानमन्त्री

एक्सप्रेस पाना
चैत्र १५, २०८० बिहीबार
  • 258
    SHARES
  • सरकारमा रहेर काम गर्न नसके अर्को उथलपुथल गर्न बेर लाग्दैन :प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारमा रहेर काम गर्न नसके आफुले अर्को उथलपुथल गर्न सक्ने बताएका छन् ।

    images

    बिहीबार राष्ट्रिय विकास समस्या समाधान समितिको ५२औं बैठकमा बोल्दै उनले नयाँ सत्ता समीकरणबाट काम गर्न नसके फेरी पनि उथलपुथल गर्न बेर नलाग्ने बताएका हुन् ।

    प्रधानमन्त्री दाहालले कामै गर्न नसकिने स्थिति भयो भने पद ओगटेर बसिराख्न जरुरी हुँदैन भन्दै आफूले यस अघि पनि सार्वजनिक रूपमै त्यस अवस्था कायमै रहे पद ओगटीराख्नुको औचित्य नरहेको बताउदै आएको बताए । 

    images

    उनले भने, "उथलपुथल त पहिल्यै भनेको थिएँ । म के भन्छु भने साँच्चै यी कुनैपनि काम अघि बढन सकेन भने मैले अर्को उथलपुथल गर्न बेर लाग्दैन उनले भने ‘त्यो मैले अरुलाई भनेको होइन है । त्यो मेरै लागि भनेको हो ।’ ‘मैले भन्ने गरेको छु–कामै गर्न नसकिने भयो भने, नसकिने स्थिति भयो भने पद ओगटेर बसिराख्न जरुरी हुँदैन भनेर मैले जनतालाई पनि भनेको छु उनले थपे ‘मैले अहिले पनि पदको सुरक्षाका लागि समिकरण अर्को बनाएको पनि होइन । पद त मेरो सुरक्षित नै थियो ।"

    प्रधानमन्त्री दाहालले मन्त्रालयहरूले बजेट होल्ड गरेर राख्ने र आर्थिक वर्षको अन्त्यतिर सःशर्त अनुदानको रुपमा पठाउने काम आगामी आर्थिक वर्षदेखि हुनै नदिने प्रतिबद्धता समेत व्यक्त गरे।