मंगलबार, कार्तिक १८ गते २०८३
images
images

'हामी आइपुगेका छौँ अब संसद बैठकहरू चल्छन्': सभामुख घिमिरे

एक्सप्रेस पाना
चैत्र १६, २०८० शुक्रबार
  • 195
    SHARES
  • 'हामी आइपुगेका छौँ अब संसद बैठकहरू चल्छन्': सभामुख घिमिरे

    काठमाडौं । सभामुख देवराज घिमिरेले दलहरूबीचको सहमतिमा संसद् बैठक चल्ने बताएका छन् ।

    images

    शुक्रबार जेनेभामा भएको अन्तर व्यवस्थापिका संघ (आईपीयू)को महासभामा सहभागी भएर स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै सभामुख घिमिरेले यस्तो बताएका हुन ।

    उनले संसदीय क्यालेन्डर अनुसार नै चैत १८ गतेबाट संसद् बैठक चल्ने पनि बताए ।

    images

    उनले भने,"यहाँ के भयो भन्ने कुरा धेरै थाहा छैन। तर सामान्यतया सभामुख जाँदा बैठक रोकिएको हुन्छ,’‘दलहरूबीच छलफल हुन्छ र सोही अनुसार हामी अघि बढ्छौ’,। ‘अब हामी आइपुगेका छौँ बैठकहरू चल्छन् ।"