काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले विपन्न महिलाहरूको मिटरब्याजलगायतका ऋणहरू मिनाहा गरिदिने गरी बजेट ल्याउन लागेको बताएकी छन् ।
शुक्रवार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री चौधरीले वडा स्तरबाट विपन्न महिलाहरूको पहिचान गरी उनीहरूको मिटरब्याजलगायतका ऋणहरू मिनाहा हुनेगरी सरकारले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट ल्याउन लागेको जानकारी दिएका हुन् ।
उनले भनिन्, "अब महिलाहरू त आयो आयो । अति विपन्न महिलाहरूको लागि चाहिँ वडास्तरबाटै मिटरब्याजी लगायतका कुराहरू आउँछन् । ती ऋणहरू मिनाहा गरिदिने कुराहरू आउँछन् । राज्यले नै त्यस्ता कुराहरू गर्यो भने महिलाहरू अगाडि बढ्न सक्छन् भनेर मन्त्रालयबाट त्यो कार्यक्रम ल्याउँदैछौं भन्ने कुरा जानकारी गराउन चाहन्छु ।’
मन्त्री चौधरीले महिलाहरूको सशक्तीकरणका लागि बजेट बढाउनका लागि सम्बन्धित मन्त्रालयहरुबीच छलफल भइरहेको बताइन् ।
.jpg)


