काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ ।
शुक्रवार बसेको राष्ट्रिय सभा बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले पदबाट दिएकोे राजीनामा स्वीकृति गरिएको बताएका हुन् ।
उपाध्यक्ष अर्यालले बिहीवार अध्यक्ष दाहालसमक्ष पदबाट राजीनामा दिएकी थिइन् ।
अध्यक्ष दाहालले भने–‘राष्ट्रिय सभाका माननीय उपाध्यक्षले पदबाट दिनुभएको राजीनामा सनाखत गराई स्वीकृत भएको व्यहोरा सभा समक्ष जानकारी गराउँदछु ।’
नेकपा (माओवादी केन्द्र) को तर्फबाट उपाध्यक्ष रहनुभएकी अर्यालले नयाँ सत्ता समिकरणसँगै उपाध्यक्ष पद अन्य दलको भागमा परेपछि राजीनामा दिएकी हुन् ।
.jpg)


