मंगलबार, कार्तिक १८ गते २०८३
images
images

तस्करी र राजश्व चुहावट नियन्त्रणको कुरामा गृह मन्त्रालय निर्मम भएरअघि बढेको छ :गृहमन्त्री लामिछाने

एक्सप्रेस पाना
चैत्र १७, २०८० शनिबार
  • 197
    SHARES
  • तस्करी र राजश्व चुहावट नियन्त्रणको कुरामा गृह मन्त्रालय निर्मम भएरअघि बढेको छ :गृहमन्त्री लामिछाने

    काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले तस्करी नियन्त्रण र राजश्व चुहावट नियन्त्रणको कुरामा गृह मन्त्रालय निर्मम भएको बताएका छन् ।

    images

    शनिवार इलाममा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सीमा वा विमानस्थलमा जहाँ भएपनि तस्करी नियन्त्रण, राजश्व चुहावट नियन्त्रणको कुरामा गृह मन्त्रालयले निर्मम भएर काम गरिरहेको बताएका हुन् ।

    उनले आम नागरिकको शान्ति सुरक्षा गृह मन्त्रालयको चासोको विषय रहेको बताउदै उनले इलाममा लागुऔषधमा निकै ठूलो समस्या र चुनौति रहेको बताए ।

    images

    उनले भने,"पछिल्लो समय गृह मन्त्रालय एकदम निर्मम भएर अघि बढिरहेको छ । यस बीचमा आम नागरिकको दैनिकीसँग आवश्यक रहेका सरसामानको खरिद र त्यसका लागि आउने जाने कुरा र तस्करीको बीचको एउटा लाइन असाध्यै पातलो छ । यसलाई बुझ्न अत्यन्तै जटिल छ । कतिपय अवस्थामा धेरै मानिसहरुले थोरै सामान ल्याएर धेरै तस्करी गर्ने पनि चलेको छ । हेर्दा एउटा मान्छेले एक किलो चिनी लिएर आएकोमा पनि के आँखा लगाएको होला भन्ने होला । जस्तो एउटा बोरा चामलको लागि लछारपछार गरेको, भिडियोको सन्दर्भमा तपाईहरुले उठाउनुभएको हुन्छ, तर त्यसको वास्तविकता फेरि अर्कै हुन्छ । तर त्यो बोरा भित्र मोबाइलका पार्ट्सहरु थिए । यी सबै कुरामा निर्मम ढंगले हामीले काम गर्नुपर्छ । काम गर्दै जाँदा शतप्रतिशत सही गराउन गाह्रै हुन्छ । चाहे बोर्डरमा होस्, एयरपोर्टमा होस् जहाँ पनि होस्, तस्करी नियन्त्रण, राजश्व चुहावट नियन्त्रणको कुरामा गृह मन्त्रालय निर्मम छ । यो पदबहाल गरेदेखि नै मैले स्पष्ट भनेको छु । आम नागरिकको शान्ति सुरक्षा हाम्रो चासोको विषय हो । लागुऔषधमा निकै ठूलो समस्या र चुनौति यहाँ देखिएको छ । इलाममा डरलाग्दो गरी आत्महत्याको तथ्यांक आएको छ । यसको अध्ययन नै गर्नुपर्ने अवस्था देखिएको छ । स्थानीय र राष्ट्रिय चुनौतिहरुसँग जुध्नको लागि हामी प्रतिवद्ध हुनैपर्छ । हामीले आफ्नो राजनीतिको भविष्यको प्रवाह नगरी सिंगो देशको भविष्यको ध्यान राखेर काम गर्ने प्रतिवद्धताका साथ आएका हौँ ।"