मंगलबार, कार्तिक १८ गते २०८३
images
images

प्रधानमन्त्री न्यायाधीश बनेरे सहकारी प्रकरणमा मुछिएका व्यक्तिलाई क्लिन चिट दिनुभयो: सांसद गौतम

एक्सप्रेस पाना
चैत्र १८, २०८० आइतबार
  • 207
    SHARES
  • प्रधानमन्त्री न्यायाधीश बनेरे सहकारी प्रकरणमा मुछिएका व्यक्तिलाई क्लिन चिट दिनुभयो: सांसद गौतम

    काठमाडौं । नेपाली कांग्रेसले सहकारी प्रकरणमा मुछिएका व्यक्तिलाई प्रधानमन्त्री न्यायाधीश बनेरे क्लिन चिट दिइएको भन्दै आलोचना गरेको छ । 

    images

    आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सञ्जय गौतमले प्रधानमन्त्री पुष्पकमल दाहालले सहकारी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेलाई न्यायाधीश बनेर क्लिन चिट दिने काम गरेको बताएका हुन् ।

    सांसद गौतमले तत्काल संसदीय समिति बनाएर छानबिन गर्न सरकारसंग माग गरे । 

    images

    उनले भने,"अहिले अब गम्भीर प्रश्न कहाँ उठेको छ भने जसमाथि छानबिन भैरहेको थियो, जसमाथि यो मुद्दा निरुपण हुनुपर्ने थियो, राज्य निश्कर्षमा पुग्नुपर्ने थियो, उहाँ नै गृहमन्त्रीको जिम्मेवारी लिएर त्यो कुर्सी र ओहोदामा पुग्नुभएको छ । त्यतिमात्रै भएको छैन,सम्माननीय प्रधानमन्त्रीजीले हामीले जवाफ खोज्दा न्यायाधीशजस्तो एकदमै हुकुमी प्रमाङ् दिने राजा महाराजाजस्तो एकदमै क्लिन चिट दिने प्रयास गर्नुभयो । सुरक्षा निकायका प्रमुख उहाँले समेत फासफुस ढंगले क्लिन चिट दिने प्रयास गर्नुभयो । हामीले उठाईरहेको मुद्दामा गम्भीर प्रश्नहरु जन्मिएको छ । हामी संसदीय समितिको माग गरिरहेका छौं । प्रमुख प्रतिपक्षी दलको नाताले यो विषय उठाईरहेका छौं ।"