काठमाडौं । नेकपा (एमाले)की सांसद विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयको उत्तरपुस्तिका हराएको विषयमा लापरबाही गर्नेलाई कारबाही गर्नुपर्ने बताएकी छन् ।
आइतबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले गत वैशाखमा भएको जनसंख्या र फाउन्डेसन अफ एजुकेसनको परीक्षा दिएका विद्यार्थीको नतिजा आउनुपर्नेमा उत्तरपुस्तिका हराएर पुनः परीक्षा दिनुपर्ने सूचना प्रकाशित भएको बताएका हुन् ।
भट्टराईले १८३ परीक्षार्थीको उत्तरपुस्तिका हराएको विषयले विद्यार्थीको भविष्यमाथि खेलवाड भएको बताइन् ।
उनले भनिन्,“ गत वैशाखमा परिक्षा लिएको जनसंख्या र शिक्षाको परिचय नामक विषयको परिक्षा दिएका विद्यार्थीहरु नतिजा कुरिरहेका थिए । तर, उनीहरुले नतिजा होईन् । उत्तरपुस्तिा हराएको र पुनः परिक्षा दिनुपर्ने सूचना पढे ’। ‘१८३ जना परीक्षार्थीहरुको उत्तरपुस्तिा हराएको भन्ने समाचारले विधार्थीको भविष्यमाथि खेलबाड भएको छ । यस प्रकृतिको चरम लापरबाही गर्नेलाई कारबाही गर्न जोडदार माग गर्दछु"।


