मंगलबार, कार्तिक १८ गते २०८३
images
images

सांसद लामाको प्रश्न 'दुर्गममा सुनभन्दा पनि नुन महँगो भइरहेको छ किन ?

एक्सप्रेस पाना
चैत्र १८, २०८० आइतबार
  • 213
    SHARES
  • सांसद लामाको प्रश्न 'दुर्गममा सुनभन्दा पनि नुन महँगो भइरहेको छ किन ?

    काठमाडौं । राप्रपाकी सांसद बिना लामाले दुर्गममा सुनभन्दा पनि नुन महँगो भइरहेको गुनासो गरेकी छन् । 

    images

    आइतबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद लामाले राज्यले गम्भीर भएर नसोच्दा १ ककिलो नुन किन्न घन्टौंसम्म हिँडेर जानुपने अवस्था रहेको बताएकी हुन्। उनले अरु दिन नसकेपनि कम्तीमा नागरिकलाई सहजरुपमा नुन दिन माग गरिन् ।

    सांसद लामाले प्रश्न गरिन  "दुर्गममा सुनभन्दा पनि नुन महँगो भइरहेको छ किन ?,’ । मुगुका बासिन्दाले नुन नपाएको गुनासो आएको भन्दै उनले घण्टौँ हिँडेर डिपोमा पुगे पनि नुन पाउन नसकेको बताइन् ।

    images

    स्थानीय तहमा तीनवटा डिपो भए पनि नुन नपाइएको उनले बताइन् । अहिलेको सरकार र व्यवस्थाले जनताको गरिबी हटाउन सक्दैन भन्दै उनले व्यवस्था बदल्न समेत आग्रह गरिन् ।