मंगलबार, कार्तिक १८ गते २०८३
images
images

कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक

एक्सप्रेस पाना
चैत्र १८, २०८० आइतबार
  • 220
    SHARES
  • कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले कार्यसम्पादन समितिको बैठक बोलाइएको छ । 

    images

    पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार चैत २० गते का लागी  बैठक आह्वान गरिएको  हो । 

    बैठक बूढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा सो दिन दिउँसो २ बजे बस्नेछ । इलाम क्षेत्र नम्बर–२ मा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका विषयमा छलफल र उमेदवारको टुंगो लगाउन बैठक बोलाइएको हो ।

    images

    निर्वाचन आयोगले चैत २४ गते उमेदवारको मनोनयनपत्र दर्ताको समय तोकेको छ । कांग्रेसको सो बैठकबाट उमेदवारको टुंगो लगाउने तयारी छ ।

    प्रदेशसभातर्फ बझाङ–१ ‘क’मा हुने उपनिर्वाचनका विषयमा पनि छलफल र उमेदवार टुंगो लगाउने कांग्रेसको तयारी छ ।

    आउँदो वैशाख १५ गते इलाम र बझाङका ती क्षेत्रमा उपनिर्वाचन हुँदै छ ।

    Chaitra 18, CWC CEC Meeting to be held on 2080.12.20.jpg